February 26, 2024, Monday
२०८० फाल्गुन १४, सोमबार

नेपाल

मेरो देश नेपाल !
वीर गोर्खाली भनेर चिनाउने नेपाल
झन्डा झैँ रातो रङको रातो रगत
बगाउने नेपालका वीर नेपाली
झन्डामा चन्द्र र सूर्य झैँ चम्किने नेपाल
वीर साहसीको देश नेपाल !

हरेक नेपालीको मन र तनमा नेपाल
गरिब र असहायको धन नेपाल
बाँच्‍न मात्र होइन मृत्यु रोज्‍न पनि तयार
सधैँ एक हुने वीर नेपालीको नेपाल ।

जुग जुग म नेपाललाई चिनाउने छु
कणकणमा नेपालीको गुण देखाउने छु
म नेपाली जता जता नेपाल खोजेँ
तर छातीभित्र नेपाललै नेपाल पाएँ ।

जति जे गरे पनि नेपालकै हुँ
म मरे पनि मेरो नेपाल बाँचिरहोस्
हरेक दिन नेपाली भइरहूँ
मुटुमा नेपाल सजाइरहूँ ।