जनसाहित्यिक सङ्घ, निबन्ध विभागले पायो पूर्णता
आज जनसाहित्यिक सङ्घअन्तर्गतको निबन्ध विभागले पूर्णता पाएको छ । निबन्ध विभागका संयोजक श्री नर्मदेश्वरी सत्यालको अध्यक्षतामा बसेको पहिलो बैठकले दुई सल्लाहकारको चयनका साथै विभागलाई पूर्णता दिएको हो । विभागका पदाधिकारीहरूको नामावली देहायबमोजिम रहेको छ :
१. संयोजक श्री नर्मदेश्वरी सत्याल, २. सदस्य श्री अच्युत घिमिरे, ३. सदस्य श्री सोमनाथ दाहाल, ४. सदस्य श्री गीता सापकोटा, ५. सदस्य श्री पार्वती राउत ।
विभागमा श्री ध्रुव घिमिरे र श्री शान्ता मानवी सल्लाहकार रहनुभएको छ ।
आजको बैठकले विभागलाई पूर्णता दिँदै अनुकूलता हेरी कम्तीमा वर्षमा दुईवटा कार्यक्रम आयोजना गर्ने निर्णय गर्यो। सोका लागि अर्को बैठकमा कार्ययोजना पेस गरिने छ । भौतिक रूपमा निमित भेटघाट र छलफलका साथै आवश्यकता परेका बेला भर्चुअल बैठक बस्ने, ठोस योजना बनाउने र कार्यनवयन गर्ने विचार संयोजक सत्यालले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आजका विद्यार्थी नै भविष्यका सशक्त स्रष्टा हुन सक्छन् त्यसैले यथाशीघ्र सम्भावना बोकेका विद्यार्थी पहिचान गरी निबन्ध लेखनसम्बन्धी प्रशिक्षणात्मक कार्यक्रम सञ्चालन गरिने छ ।”
बैठकले विभिन्न अन्तरक्रिया, छलफल र विचार विमर्श गर्दै निबन्ध विभागलाई अझ सशक्त बनाउने निर्णय गर्यो ।
प्रतिकृया दिनुहोस्