March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

गरिबीको नतिजा

भयो चिल्लो गाडी सबैकाे पियाराे
नभए धन ता घाम लाग्दै अध्याराे
छ जस्काे गाेजी भरिलाे रुपैयाँहरूले
सम्मान र इज्जत ठुलो गरने अरूले।।

पैसा भए सकल मित्र झुलिरहन्छन्
गाली नै गर्छ उसले ती भुलिरहन्छन्
खानै  नपाईकन बस्छ गरिब हेर
आदेश छाँट्छ ऊ त्यहाँ धनी छु भनेर।

जा जा मलाई ल्याइदे मिठा पान किनेर
छ भाेकाे  पेट जसको ऊ जान्छ हिँडेर
काे साेध्‍ने फेरि उसलाई खाकाे छ कि छैन
अन्यायमा पर्यो कि याे भनी देखिँदैन ।

एउटा छ भन्दछु यहाँ अझ गाँठी कुराे
कमाउन नसक्दा बनिने टुहुराे
छन् है आमा बाबु अनि दाजु पनि
निर्धन भए हेर्छ कसले यो पनि छ भनी ।

समाज शून्य हुन्छ गरिबहरूकाे
गरिब नाेकर बन्छ बिचरा अरूकाे
पुछ्दैनन् कुनै दिन आफ्नै भाइ भतिजा
बुझिराखौँ सबले गरिबीकाे नतिज ।

पैसा भए कुलघरान ठुलो कहिन्छ
पैसा कमाओ साथी हाे ! गतिलो भइन्छ
हे लक्ष्मीजी ! तिमी ता ठुली नै रहिछ्यौ
हे शारदे ! तिमी किन पछि पर्न खाेज्छ्यौ ?