भोक, निन्द्रा हराउने ……

भोक, निन्द्रा हराउने कस्तो यो मायाजाल रै छ
बोली बचन मिठो लाग्छ बोली सुन्दा मन खुसी हुन्छ

मैले सोचेको हुने भए  तिमीसँग रमाउथेँ
जीवनसाथी बनाई आफ्नो दिलमा सजाउथेँ
धेरै राम्रो लाग्छ मलाई तिम्रो नरिसाउने बानी
यति धेरै माया दिन्छु मेरो सहारा बन्छौ कि ?

सुन, चाँदी, हिरा, मोती खोजेको हैन मैले
संसारमा सबैभन्दा राम्री देख्छु यी नयनले
लाग्छ मलाई सधैँभरि तिम्रो साथमा रहन्छु
मनभित्रभित्रैबाट माया गरिरहन्छु ।