June 12, 2026, Friday
२०८३ जेष्ठ २९, शुक्रबार

गजल

सुरेन्द्र शाही ‘गुलाब कान्छो’

पीडामा छ देश नेतालाई भलो भए पुग्छ
रमाउँछन् सरम पचेकाहरू थलो भए पुग्छ

समृद्ध यो देशका बारे कोही केही सोच्दैन
भ्रष्ट नेताका ती चम्चेलाई कलो भए पुग्छ

तैनाथ रहन्छन् हसिया, खुडा र तरवार
खुकुरीलाई सुरक्षित हुन दलो भए पुग्छ

यसैमा सन्तुष्ट छु ठुलो सपना छैन मेरो
घरबारी आँगनसँगै सानो खलो भए पुग्छ

किसान हुँ, परिश्रम गर्छु, नङ्ग्रा खियाउँछु
मलाई एक हल गोरुसँगै हलो भए पुग्छ ।