October 2, 2023, Monday
२०८० आश्विन १५, सोमबार

तिमी !

प्रत्येक स्पर्शमा खै किन तिम्रो याद आउँछ
तिम्रै बारेमा सोची तनमन नै छुट्पटाउँछ
झल्को आउने गर्छ तिमी के गर्दै छौ ? भनी
याद ताजा गर्न खोज्छु तिम्रै सम्झनामा रही ।।

तिम्रो सुशील बोलीको म आभास गर्ने गर्छु
तिम्रो मायाको म सदैव कदर गर्ने गर्छु
हरपल प्रेरक बनी तिमीले जीवनमा रङ भर्न सिकायौ
हौसला र आत्मविश्वासको ऊर्जा दिने संवाहक बन्यौ ।

आँसुका थोपा सधैँ तिम्रै लागि मैले झारेकी छु
अरू छेउमा हुँदा तिमीलाई बिर्सिए झैँ गर्छु
माया त छ नि तिम्रा लागि तर देखाउन पो सकेको छैन
तिमी छैनौ मेरा जीवनमा भनी मनलाई बुझाउन पो सकेको छैन ।

टाढा त थिएनौ तर मनलाई मारेछौ
तिमी आफू खुसी हुँदै मलाई बिर्सेछौ
ती कैयौँ यादहरू अझै यी मस्तिष्कमा जीवन्त छन्
तिमीले दिएका ती पीडा सम्झिएर मन भुलाउँदै छु ।