पेसागत महासङ्घ नेपालको स्थापना दिवश !

२०८० ज्येष्ठ ६
‘समाजवाद, सामाजिक न्याय, स्वाधीन अर्थतन्त्र र समृद्ध जीवन ! गुणस्तरीय सेवा, सुशासन, एकीकृत एवम् सुदृढ ट्रेडयुनियन” भन्ने नाराका साथ पेसागत महासङ्घ नेपालका अध्यक्ष, प्रेसिडेन्सियल काउन्सिल (केन्द्रीय) सदश्य, WFTU संयोजक विश्व ट्रेडयुनियन महासङ्घ समन्वय समिति नेपालका संयोजक श्री प्रेमलकुमार खनालको अगुवाइ तथा अध्यक्षतामा काठमाडौँको रत्नपार्कस्थित शान्ति बाटिकामा सम्पूर्ण ट्रेडयुनियनकर्मी पेसागत महासङ्घका नेता तथा कार्यकर्ताहरू महासङ्घको व्यानरमा भेला भई विभिन्न नारा लगाई त्यहाँबाट रातो टिसर्ट लगाई प्लेकार्ड र झन्डासहितको नक्कली भुटानी शरणार्थी बनाई ठगी र राष्ट्रद्रोह गर्नेविरुद्ध प्रदर्शन रानीपोखरी परिक्रमा गर्दै दरबारमार्गको मूल सडक हुँदै ठमेलको भित्री सडकबाट उत्तरतर्फ लैनचौर महासङ्घको कार्यालयमा भेला भई चियापानपछि कोणसभामा सम्पन्न भयो ।

महासङ्घका अध्यक्ष श्री प्रेमलकुमार खनालको अध्यक्षतामा सञ्चालित कोणसभा महासङ्घका महासचिव श्री राजन रेग्मीले सञ्चालन गर्नुभयो । प्रदर्शनमा उपस्थित सम्पूर्ण सल्लाहकारका तर्फबाट सल्लाहकार लेखनाथ गुरागाई, पूर्व अध्यक्षहरूको तर्फबाट पूर्व अध्यक्ष श्री विश्वनाथ प्याकुरेलले पर्दशनमा सहभागी महासङ्घ तथा घटक संस्थाका सबै नेता कार्यकर्ताहरूलाई संवोधन गर्नुभयो । यसक्रममा उहाँहरूले महासङ्घमा देखापरेका चुनौतीहरूलाई चिर्न र सम्भावनाहरूको खोजी गर्न सशक्त सङ्गठनको आवश्यकता औंल्याउँदै सडक आन्दोलन र खबरदारी सभाहरू अधिराज्यभर गरिरहनुपर्ने कुरा बताउनुभयो ।



अन्त्यमा कोणसभा तथा महासङ्घका अध्यक्ष प्रेमल कुमार खनालले स्थापना दिवस र महासङ्घको महत्त्वमाथि प्रकाश पार्दै महासङ्घको स्थापना २०५२ साल ज्येष्ठ छ गतेको दिन सम्झँदै पहिलो संस्थापक अध्यक्ष श्री सीताराम नेपालप्रति आभार तथा सम्मान प्रकट गर्नुभयो भने महासङ्घको विस्तारमा सुरुदेखि हालसम्मका अध्यक्ष तथा सल्लाहकारहरूप्रति सम्मान तथा आदर भाव प्रकट गर्दै महासङ्घको सुदृढीकरण र पेसाकर्मीहरूको हक, हित र सेवा, सुविधाका लागि स्वयं राज्यद्वारा भए गरेका गलत क्रियाकपलाको विरोधमा बेलाबेला यसरी नै सडकमा उत्रन सबै सहभागी नेता कार्यकताहरूलाई जोस जाँगर र हौसला प्रदान गर्दै आजको प्रदर्शनलाई समापन गर्नुभयो ।
प्रतिकृया दिनुहोस्