July 29, 2026, Wednesday
२०८३ श्रावण १३, बुधबार

सोचिरहेँ धेरै बेर…

सोचिरहेँ धेरै बेर केही गर्न सकिएन
धेरै बेरसम्म हेरिरहेँ मनको माया भेटिएन
सम्झनाका दिनहरूको याद साँच्चै मिठा हुन्छन्
त्यही याद आउने ती रुखहरू पनि देखिन्छन् ।

 बुझ्न  खोज्छु त्यो मनका रहरहरू
घर आउन त मन लाग्छ तर के गर्नु रित्ता छन् हातहरू
हेरिरहेको छु मैले कहीँ केही देखिन्छ कि
ल्याइदेऊ पानी पिउनका लागि प्यास मेटिन्छ कि ?

 फर्की आऊँ जस्तो लाग्छ उनकै अँगालामा
रुँदै थिइन् आँशु पुछ्न सकूँ भेटेर एकान्तमा
जाउँला भन्ने सोचेको थिएँ  पिरतीको देशमा
हेरिरहूँ लाग्छ मलाई सधैँ उनको केशमा ।

 मेरो जस्तै उनको पनि मनमा कुरा खेल्छ कि ?
पूर्णिमाको जुन जस्तै उनको मुहार झुल्किन्छ कि ?