कठै मेरो देश !

यशोदा बस्‍नेत
कक्षा : ११
एभरेस्ट कलेज

भ्रष्टाचारले जबदेखि देशमा जरा गाड्यो
त्यहीँदेखि देशबाट विकास पनि टाढ्यो ।

सोझासाझा मान्छेहरूलाई पार्ने जाल र झेलमा
अपराधी खुल्लम खुल्ला निर्दोषी चाहिँ जेलमा ।

दिन प्रतिदिन घुसखोरी र भ्रष्टाचारी बढे
शिक्षित अनि दक्ष युवा हवाईजहाज चढे ।

धेरै खालका नियम कानुन भए पनि जारी
न सुरक्षित बालबालिका न छन् सुरक्षित नारी ।

गरिब अनि निमुखाचाहिँ बस्ने खाली खुटा
कोही चाहिँ टेक्दा पनि कार्पेट माथि जुता ।

बढ्दै गयो हत्या हिंसा दर्दनाक केस
अझै पनि उही हालत कठै मेरो देश !