बिदेसिए युवा
विनीता शाही
कक्षाः१०
लर्डबुद्ध सेकेन्डरी स्कुल
बोडे भक्तपुर
हालत खराब देशको भयो घटे नागरिक
युवालाई आफ्नो देश लागेन नि ठिक ।
देश लाग्न थाल्यो तिनलाई पानीबिना कुवा
बध्यताले नै त हजुर बिदेसिए युवा ।
छोडे तिनले परिवार छैनन् कोही साथमा
देश सबै पुग्यो हजुर बुढाहरूको हातमा ।
भ्रष्टाचारको सिकार भयो देश आजभोलि
बिदेसिन बाध्य भयो ठुलो युवा टोली ।
राम्रो शिक्षासुविधाको भोक थियो तिनको
पुरिए नि युवा सबै पहाडले ऋणको ।
कोही स्वार्थी भए अनि कोही बाध्य आज
छाड्नुपर्यो परिवार देश अनि समाज ।
चिनो देशको बन्थे युवा बन्थे जनशक्ति
देखाउन सक्थे होला देशप्रति भक्ति ।
उड्नुपर्यो युवा सबै बनाई धुलोधुँवा
देश खोक्रो भयो हजुर बिदेसिए युवा ।
लेखकको सम्वन्धमा