May 20, 2025, Tuesday
२०८२ जेष्ठ ७, मंगलवार

सुन्छ कस्ले ?

प्रशंसा भेट्‍वाल
ज्ञानकुञ्ज मावि
कक्षा : ९

उनका मनमा हजारौं प्रशनहरू छन्
ती हजारौं प्रशनहरू मध्ये एक मात्र
प्रश्नको जवाफ सुनेर भए पनि उनी
मौन बस्न तयार छिन् तर उनका
ती प्रशनहरू सुन्छ कसले यहाँ ??

उनी समाजका हरेक कुरालाई मध्यनजर राख्दै
केही क्षण भावुक भई आफ्ना मनमा रहेका
केही विचार र तर्कहरू व्यक्त गर्न चाहन्छ्न्
तर उनका ती भावनाले भरिपूर्ण शब्दहरूलाई
सुन्छ कसले यहाँ ??

उनी एक नारी पात्रका रूपमा रहेर
पुरुष भई बाँच्ने चाहनासाथ
एक प्रस्ताव राख्दै भन्छिन्
“पुरुष बराबरीको काम गरेर देखाएँ भने
मैले पुरुषकै जति इज्जत र मान सम्मान
यो समाजमा पाउनुपर्छ”
तर उनको यो प्रस्ताव
सुन्छ कसले यहाँ ??

उनी एक निर्दोष पुरुष पात्रको रूपमा रहेर
समाजमा दिनप्रतिदिन घटिरहेका डरलाग्दा
घटनाहरूको दोषी बन्न पुगेका छन्
उनी आफूले नगरेका अपराधको सजाय
भोग्दै आफूलाई सही सावित गर्दागर्दै
थाकिसकेका छन् तर उनको त्यो थकाइ र
निर्दोषीपनलाई  सुन्छ कसले यहाँ ??

निर्मला र सम्झना जस्ता कयौं बलात्कृत पात्रहरू
नि:शब्द छन्
तिमी हामी भने ती अन्यायमा परेका कलिला मुनाहरूलाई
न्याय दिलाउन निरन्तर रूपमा लागिरहेका त छौं
तर हामी जिउँदा मानिसले
न्यायका लागि चिच्याएका चिच्याहट त कसैले
सुन्दैनन् भने निर्मला र सम्म्झना जस्ता कैयौं
बलात्कृत र मृत पात्रको मौनता
सुन्छ कसले यहाँ ???