May 20, 2024, Monday
२०८१ जेष्ठ ८, मंगलवार

अतीतका पाना

प्रतिमा चापागाईं
कक्षा : १०
निहारिका शिशुकुञ्ज

‘साथी’ शब्दभित्रको गहिरो प्रेम
यो अटुट बन्धनमा बाँधिएको हाम्रो मित्रता
फूलको माला झैँ गाँसिएको
हाम्रो त्यो अमर सम्बन्ध र हामी बिचको निःस्वार्थ माया
पक्कै छापिने छन् अतीतका पानामा ।

हामीले बिताएका रमाइला पलहरू
त्यो पलभित्रका कयौँ खुसीका क्षणहरू
ती झगडाहरूमा लुकेका मायालु माया
पक्कै पनि छापि नेछन् अतीतका पानाहरूमा ।

भानुका काखमा बिताएका ती तीन वर्ष
साथीहरूसँगका ती मुस्कान र हर्ष
नरहोस् जिन्दगी तर मनमा रहिरह नेछन् यी याद
आज छुट्टिए पनि हाम्रा ती मिठा यादहरू
छापि नेछन् अतीतका पानाहरूमा ।