July 10, 2025, Thursday
२०८२ असार २६, बिहीबार

यी नयनले सधैँ तिमीलाई…

मैले यी नयनले सधैँ तिमीलाई देख्न सकूँ
यो शरीरमा प्राण रहुन्जेल तिम्रो बारेमा सोचूँ
मेरा लागि सबै थोक हो तिम्रो माया
धेरै हिँड्यौ बस्नुपर्छ वरपिपलको छायामा । 

जे सपना देखेको थिएँ तिमीबाट सबै थोक पाएँ
एक्लै बसेको थिएँ तिम्रो साथमा हाँस्न पाएँ 
मनले सोचेको सबै कुरा भयो यहाँ
बास माग्यौ तिमीले मुटुको माझमा ।

मेरा सबै खुसीहरू तिमीबाट पाउन सकूँ
मेरो चाहमा छौ तिमी सधैँ साथमा देखूँ
तिमीसँग रमाउँदै जिन्दगीको यात्रा गर्न सकूँ
मैले यी नयनले सधैँ तिमीलाई देख्न सकूँ ।