December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

निर्दोष

सृष्टि केसी
कक्षा : १०
ज्ञानकुञ्‍ज माध्यमिक विद्यालय

के दोष थियो र त्यो अबुझ जीवको
मनोरञ्‍जनका लागि गर्‍यौ घात अजिबको
सृष्टि हुन् यी परमेश्वरका सबैले बाँच्न पाउनुपर्छ
बलियाले कमजोरलाई किन हिंसा गर्नुपर्छ?

विवेकशील प्राणी हामी गर्छौँ किन काटमार
पशु अबुझ ठानी खोस्छौँ उसको अधिकार
बोल्न सक्दैन पशु तर सबै बुझ्दछ
संसारमा ऊ कति पीडा सहन पुग्दछ।

जीव र जन्तु बसेका हुन्छन् मान्छेकै भरमा
के खान्छन् होला कठै ! नलुकाऊ खाना घरमा
हिंसाले कसैको पनि भलो हुँदैन है दैव
पशुलाई बाँच्‍न दिनु हाम्रो ठुलो कर्तव्य ।

कसैको स्वामित्वमा छैन, पृथ्वी हो सबै सजीवको
हिंसा गरी वरदान पाउने कस्तो प्रथा हो अजीबको
निर्दोष छन् पशु यिन‌लाई माया गरौं
पशु अधिकारको सन्देश विश्वभर छरौँ ।