April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार

मेरा गुरु

पुष्पा बस्‍नेत
कक्षा : ८
श्री मनोहरा आधारभूत विद्यालय

घुम्तीभित्रको जिन्दगीलाई
कता कता मोड़नु नै पर्ने रैछ
कहिले मेरा गल्ती भए
अन्जान सम्झी माफ गरिदिनु गुरु ।

गुरु बन्नु ज्ञानका खानी
मार्गदर्शक बानिदिनु
पहिलो शिक्षक आमाबुबा
दोस्रो शिक्षक मेरा गुरु ।

प्रगति उन्नति र खुसीका
कुरा सधैँभरि सुन्न पाऊँ
भाग्यले साथ दिए मेरा गुरु
अर्को जन्ममा पनि हजुरकै शिष्य बन्न पाऊँ ।

पिँजडाभित्र बाँच्‍ने जीवन
गर्छु अब म सङ्घर्षको सामना
विद्यालयको प्रगति र उन्नति होस्
यही छ मेरो धेरै धेरै शुभकामना।