April 30, 2026, Thursday
२०८३ बैशाख १७, बिहीबार

मेरो हिँड्ने बाटो तिमीले…

मेरो हिँड्ने बाटो तिमीले पछ्यायौ
मलाई दिलमा राख्‍न बाध्य बनायौ
रातको सपनामा पनि देखियौ
आज के भन्न यहाँसम्म आयौ ?

पहिलो भेटमा आँखामा बसेकी थियौ
कति छिटो दिलमा आएर बस्यौ
सकिँदैन तिमीबिना एक पल बाँच्‍न
जीवनलाई केही गरेर खोजेकी छौ कि बदल्न ?

रमाएको छु म तिमीसँग
आँखा खोली हेर्दा हुन्छु तिमीसँग
यो मेरो मनसँग गहिरो नाता जोड्यौ
मसँग गफ गर्न मलाई बोलायौ । 

मनभरि माया बोकी आयौ
त्यो मनले यो मनसँग नाता जोड्यौ ।