हिमालकी नानी
कति राम्री हिमालकी नानी
सानी अनि असल आनीबानी
स्याउ जस्ता राता राता गाला
हिमालकी नानीको कति राम्रो चाला ।
दरिली र फुर्तिली छिन् ढिँडो गुन्द्रुक खाएर
हिमालमा जाडो काट्छिन् बाक्लो बख्खु लाएर
दिनभरि माथि माथि चौरी चराई बसेकी
तिर्खा लागी स्वर्गबाट धरतीमा झरेकी ।
पानी मिठो उभाई खाको हरिया पातले
पानी मिठी सारी ल्याको कलिला हातले
हिमालमा जाडो घटेपछि देखियो लेक सानन्द
हिमालकी नानी हिउँ खेलेर लिन्छिन् आनन्द ।
हिमालमा धेरै जाडो हुने गर्छ हिउँले
काम गर्न छोड्छ कठै सानीको जिउले
हिमालमा चौँरीको छुर्पी हुन्छ चाम्रो
हिमालकी नीनी जस्तो छैन अरू राम्रो ।
लेखकको सम्वन्धमा