February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

फलफूलकाे परिचय

पाकेका वरपिपल वसन्त ऋतुमा बाटाभरि पाइने
चौतारीमा बसी थकाइ मारदै खाजासरि खाइने
पाख्री पिपल चिल्ले र झुसेवर फल्थ्याे कति हाे कति
ऐसेलु र अँगेरी, ऐजेरु फलेका खाइन्थ्यााे कति कति ।।

जङ्गलमा पाइने यी चिजहरू हुन् चुथ्राे कटुसै अनि
क्यामुनु, जामानु, कुसुम र चिउरी खाइन्थ्याे मिठो मानी
जङ्गलमा पाइने टिपेर खाइने चिजबिजहरू यी हुन्
वनैमा पइने खोजेर ल्याइने पकार खाइने तिउन् ।।

निगुराे, काली डौँठे तिनैखाले चिन्डे अमाराे भयाे
खाेस्रिने चिजमा त्यगुनु भ्यागुर पाङ्लाङ वनतरुल रह्याे
तरकारी खाइन्थ्याे खाेजेर ल्याइन्थ्याे मिठाे हुने त्याे कति
कैराला फूलकाे अचार कति मिठाे पाइन्थ्याे वनमा जत्ति ।।

पाइने घरछेउछाउतिर यी चिज राेपेर हुर्केपछि
आरू आल्चा र आरुबखडा ज्यामिर अनि कागती
बिमिराे अमिलो र मधु दुई नै सुन्तला मेवा भयाे
आँप, कटहर, बडहर, खनिउ र केराहरू पनि पाइन्थ्याे ।।

दारिम, दाख, लिच्ची, नरिबल भयो राेपेर नि खाइने
फल्ने चिज यी हुन् खेतबारी छेउछाउ कताकति पाइने
अम्बा अम्बक भन्छन् हाम्रातिर ता बेलौती भन्छन् क‌तै
खेतबारीमा ती कान्लाहरूमा पाइन्छ जताततै ।।

थिएन ऊ बेला अङ्गुर र स्याउ काला न सेता तर
नास्पाती काँक्रो भाेगटेहुरू थे फल्थे सबै घर घर
अर्गानिक चिज खाई हिँडिन्थ्याे गीत गाई थिएन विषादि त
अहिलेका चिज खाई हातगोडा गलाई लड्दै छौँ राेगैसित ।।