आमा
गुन्युचोली र रातो सारीमाआफूलाई सधैँ सजाउने
आमा तिमी मलाई परी जस्तै लाग्छ
अरूले पाइन्ट लगाएको देख्दा पनि मुख छोपी लजाउने
आमा तिमी मलाई विश्वकै सुन्दरी जस्तो लाग्छ
आफू सधैं झुत्रोझाम्रो लगाएर भए पनि
सन्तानको खुसीलाई आफ्नै सम्झी रमाउने
आमा तिमी मलाई परी जस्तै लाग्छ
‘ताते ताते’ गर्दै हात समाई हिँड्न सिकाएको मलाई
आमा तिमीले हिजो भर्खरै जस्तो लाग्छ ।
लेखकको सम्वन्धमा