June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

गजल

संसारमा न्यानो स्‍नेह पाएँ ‘आमा’ मैले
तिम्रो कोख मात्र पाएँ आमा मैले ।

सपना र इच्छा साकार हुन दिने 
तिम्रो आटँ र साथ पाएँ आमा मैले ।

आफ्ना रहरलाई अधुरो छोडेर
मेरो रहर पूर्ण गरिदिने पाएँ आमा मैले ।

माया र ममताको अपूर्ण आभास 
कहिल्यै दुःख हुन नदिने पाएँ आमा मैले ।

मेरा सबै सपना र रहरहरू 
पूर्ण गर्ने आँट भरिदिने पाएँ आमा मैले ।