February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

आमा

विवेक कटुवाल
सामान्य चिकित्सा, तेस्रो बर्ष
मदन भण्डारी मेमोरियल एकेडेमी नेपाल  

बास दियौ तिमीले कोखमा आमा
संरक्षण गरी हुर्कायौ दुःख आमा ।

देखायौ ब्रह्माण्ड यो धर्ती मलाई
भित्री आँखा खोलिदियौ तिमीले आमा ।

दश धारा दुध खुवायौ आफू भोकै बसी
मातृवात्सल्य दिएर हुर्कायौ आमा ।

निस्सार छन् सबै कुरा तिम्रो महिमा सामु
सदाबहार तिमी देख्दा दङ्‍ग हुन्छु आमा ।

‘निष्ठुरी भयौ’ भनी एकछिन तिमीले सोच्दा
भक्कानिन्छ मुटु मेरो सम्हालिँदै बोल्छु आमा ।

जे दिऊँ कमै हुन्छ, शरणमा पर्छु बरु
रित्तिएयौ आफू मलाई भर्न लाखौँ सलाम आमा ।