गजल
यशोदा बस्नेत
कक्षा : ११
एभरेस्ट कलेज, थापाथली, काठमाडौँ
मध्य रात सपनीमा मेरी आमा रोको देखेँ
आँसु झर्दै एकनासले मेरो तस्बिर छोको देखेँ ।
घाँस दाउरा गर्ने घरमा कोही पनि नहुँदामा
पिँढीछेउ आँगनीमा घोप्टिएको डोको देखेँ ।
पनी पर्दा चुहिने त्यो, आँधी आउँदा ढलमालिने
झुपडीलाई गिज्याउने छिमेकीकाे पोको देखेँ ।
बुढेस कालको सहारा ती छोराले साथ छोडेपछि
घरमा रित्तो भकारी भो कठै पेट भोको देखेँ ।
लेखकको सम्वन्धमा