जित

जितपछिको हार आज आभाष भयो
लड्दालड्‌दै जित्‍ने इच्छा कतै पुगी टुङ्‌गियो
रातदिन मन रुन्छ एउटै कुरा सम्झी
जितलाई चुम्दा पनि मौन छु म आजभोलि ।

आँखाका ती आँसु आँखाभित्र लुकाई
घोच्‍ने यथार्थ तर तिता कुरा कर्णभित्र गुन्जाई
झलझली याद आउँछ जित्‍ने अभिलाषा
हारमा कसैले सम्झाउँदा उत्तेजित हुन्छ नसा ।

बाहिरी दुनियाँमा हिजो रुमल्लिँदा
आफ्नै कारणले आज हार स्विकार्न पुग्दा
पटक पटक मन रुन्छ सम्हाल्न सक्दिनँ
अरूले मलाई गलत ठान्दा म सहन सक्दिनँ ।

कसैलाई मैले बुझाउनुछ जितको परिभाषा पनि
कसैलाई मैले बताउनुछ जीवनमा हार्नु पनि पर्छ भनी
आफ्नो जितमा नरमाउने म एकमात्र व्यक्ति रहेछु
अरूलाई मेरो अस्तित्व दिन नसक्ने भएछु ।