April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

जमिनका मालिक…

जमिनको वास्तविक मालिक किसान हुनुपर्छ
बाँझो जमिनमा पनि खेतीपाती हुनुपर्छ
गरिबले पनि रोजी रोटी खान पाउनुपर्छ
गरिबले पनि बाँच्‍न पाउनुपर्छ ।

हातमा हात मिलाएर हामीले भन्नुपर्छ
गरिब र मजदुरको पीडा बुझ्नुपर्छ
यो कुरा याद राख्नुपर्छ
जमिनदारको बाँझो जमिन खोसिनुपर्छ ।

हरगरिबले धनी बन्न सक्नुपर्छ
मजदुरले पनि कामको ज्याला समयमै पाउनुपर्छ
जमिनको वास्तविक मालिक किसान हुनुपर्छ
बाँझो जमिनमा पनि खेतीपाती हुनुपर्छ ।