गुरु

यशोदा बस्नेत
कक्षा : ११
एभरेस्ट कलेज
थापाथली, काठमाडौँ ।
जब जन्मेँ यस धर्तीमा जीवन भयो सुरु
विद्यालय मन्दिर हाम्रो भगवान् हुन् है गुरु ।
अनुहार उज्यालो छ असल छन् नि कस्ता
व्यवहार हेर्दा लाग्छ मलाई आमाबुबा जस्ता ।
आदेश हामी मान्छौँ हजुर भगवान ठानी
ख्याल राख्छन् हाम्रो आफ्नै छोराछोरी मानी ।
सातै जुनी यिनै मान्छे पाऊँ मैले बरु
करौडौँमा अब्बल छन् है मेरा गुरुहरू ।
विद्यार्थीको कुभलो ती चाहँदैनन् कैले
हाम्रो लक्ष्य पूरा गर्न सहयोग गर्छन् जैले ।
राम्रो कुरा सिकाउन सधैँ हुन्छन् सँगै
यति असल गुरु देख्दा अविभावक दङगै ।
हामीलाई सफल पार्न अडिक हुन्छन् जैले
गुरुको याे गुन हामी विर्षदैनौं कैले ।
लेखकको सम्वन्धमा