अधिकार
हे मेरा बाआमा दिनुस् मेरो अधिकार
बन्ने छु सच्चा व्यक्ति र सिक्ने छु सुसंस्कार ।
मलाई पनि मन छ आमा स्कुल जान
साथीभाइसँग खेल्दै खाजा खान ।
स्कुल जान मन छ सदा रमाई रमाई
कति जानु पखेरीमा डोकोनाम्लो समाई ।
भन्छन् साथी स्कुलमा गुरु हुन्छन् अरे
धेरै माया गर्छन् अरे राम्रो काम गरे ।
नसाँच्नुस् मेरा लागि दाइजो र धन
लेखपढ गराइदिनुस् लाग्छ भने मन ।
स्कुल जान पाऊँ आमा झट्ट पठाइदिनुस्
नत्र भने मलाई अब जङ्घार कटाइदिनुस् ।
छोरी पनि मान्छे नै हो अर्को जीव होइन
खुसी हुँदा हाँस्ने गर्छु उत्ताउली म होइन ।
मेरा बाबा मेरी आमा दिनुस् अधिकार
असल मानिस बन्नलाई दिनुस सुसंस्कार ।
लेखकको सम्वन्धमा