February 27, 2024, Tuesday
२०८० फाल्गुन १५, मंगलवार

होली

विकल्पा गौतम
कक्षा : ३
माउन्ट एभरेस्ट स्कुल

आऊ साथी आऊ
होली खेल्न आऊ
रङैरङको बहार
पोतिएको मुहार ।

धेरै साथी जम्मा भई
लोला हानी मनाई
आमाबुबा जम्मा भई
एकअर्कामा रमाई।

पिचकारीका साथमा
रङ छ सबका हातमा
मिल्नेसगँ खेलौँ
नचिन्नेलाई नहेरौँ ।

नगरौँ हामी झगडा
नगरौँ है लफडा
होलीकालाई सम्झेर
संस्कृतिलाई बुझेर ।

आऊ साथी अऊ
होली चाड मनाऊ
पहिलेदेखि आएको
संस्कृतिलाई जोगाऔं।