April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

होली

विकल गौतम 
कक्षा : १ 

हेर हेर साथी
हामी छत माथी
पिचकारी छ हातमा
लोला पनि साथमा ।

रङका थरी धेरै
साथी सबै मेरै
आऊ साथी आऊ
होली खेली रमाऊ ।

हामी छतमाथि
होली खेल्ने साथी
रातो निलो हरियो
आनन्दमा परियो ।