भ्लगर र बुढा मान्छे
एक दिन एक जना भारती भ्लगर नेपाल आएछन् । उनी नेपालमा बाइक कुदाउँदै थिए । त्यतिकैमा एक जना बुढा किसान बाटामा आएछन् । तर, भ्लगरले बुढा किसानलाई देखेनछन् । त्यो बाटो ओराले पनि थियो । त्यसैले भ्लगरले बाइक नियन्त्रण गर्न सकेनन् । उनको बाइक बुढा मान्छेसँग ठोकियो । अनि भ्लगर पनि भिरमुनि खसे । र उनीहरू दुवै जना स्वर्ग पुगे।
स्वर्गमा भ्लगर र बुढा किसानको भेट भयो । त्यसपछि तिनीहरू दुई जनाको झगडा हुन थाल्यो ।
बुढा मान्छेले भने, “तीमीले मलाई किन ठोकाएका ?”
भ्लगरले भने, “हजुर किन बिच बाटामा आउनुभएको ?”
बुढा मान्छेले भने, “म खेती गर्न जाँदै थिएँ । तिमीचाहिँ कता गएका ?”
भ्लगरले भने, “म नेपाल कति सुन्दर छ भनेर हेर्न आएको ।”
त्यो झगडा भगवान् रिदमले सुनिरहनुभएको थियो । त्यो झगडा सुन्दा सुन्दा भगवान् रिदमलाई रिस उठ्यो । भगवान् रिदमका छोराछोरीले पनि त्यो झगडा सुनिरहेका थिए । उनीहरू झगडा हेर्न आए । त्यतिकैमा भगवान्ले झगडा गर्ने दुबै जनालाई सोध्नुभयो, “तिमीहरूमध्ये कसको गल्ती छ ?”
उनीहरू दुबै जनाले एकै स्वरमा भने, “उनको ।”
यो कुरा सुनेर भगवान्लाई अचम्म लाग्यो । उहाँले भ्लगरलाई सोध्नुभयो, “तिमी भारतका मान्छे, नेपालमा किन आएका ?”
भ्लगरले भने, “म दुनियाँलाई देखाउन चहान्छु कि नेपाल कति सुन्दर छ भनेर ।”
भगवान्ले बुढा मानिसलाई पनि सोध्नुभयो, “तिमीचाहिँ कता जान लागेका थियौ ?”
बुढा मानिसले भने, “म खेती गर्न जाँदै थिएँ । मैले खेती गरिनँ भने भोकले नै धेरै मान्छेको ज्यान पनि जान सक्छ।” भगवान् उनीहरूका कुरा सुनेर प्रशन्न हुनुभयो अनि भन्नुभयो, “तिमीहरू राम्रो काम गर्न जाँदै रहेछौ । त्यसैले म तिमीहरूसँग खुसी भएँ । अब म तिमीहरूलाई फेरि जीवित गरिदिन्छु ।”
त्यसपछि भगवान्ले उनीहरूलाई जीवित गर्नुभयो । नयाँ जीवन पाएर तिनीहरू खुसी खुसी आफ्नो जिन्दगी बिताउन थाले ।
लेखकको सम्वन्धमा