सामुदायिक विद्यालय अभिभावक सङ्घ नेपालले पायो नयाँ कार्य समिति
फागुन, ९ झरना सञ्चार
आज सामुदायिक विद्यालय अभिभावक सङ्घ नेपालको दोस्रो, राष्ट्रिय अधिवेशन सिद्धपोखरी पार्टी प्यालेस भक्तपुरमा सम्पन्न भयो ।
सङ्घका केन्द्रीय अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षता र पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यमा सञ्चालित अधिवेशन सङ्घकी उपाध्यक्ष डा० सीता सुवेदी पन्थीले सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा विशेष अतिथि एवम् अतिथिहरू, सङ्घ तथा प्रदेश सभाका माननीय सांसदहरू एवम् सङ्घका सल्लाहकार, शैक्षिक क्षेत्रका अगुवा कर्मचारी तथा प्रधानाध्यापकलगायत सङ्घका प्रदेश तथा जिल्ला तहका जिम्मेवार नेताहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
सङ्घका उपमहासचिव इन्दिरा न्यौपानेद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको अधिवेशन प्रमुख अतिथिद्वारा पानसमा बत्ती बालेर समुद्घाटन गरिएको थियो । सङ्घद्वारा प्रकाशित ‘अभिभावक सन्देश’ को विमोचनसँगै उक्त कार्यक्रममा माननीय सभासद, स्थानीय निकायका पदाधिकारी एवम् सङ्घकी उपाध्यक्ष डा० सीता सुवेदी, पन्थीसमेतलाई सम्मान गरिएको थियो ।
अधिवेशनको बन्द सत्रद्वारा रामप्रसाद न्यौपानेको अध्यक्षतामा ५७ सदस्सीय केन्द्रीय समिति सर्वसम्मत चयन गरियो ।
अतिथि वक्ताहरूद्वारा शुभकामना मन्तव्यमार्फत सामुदायिक विद्यालयको उन्नति र विकास, गुणस्तरीयता र विश्वसनीयतामा कुनै कसर बाँकी नराखी सामुदायिक विद्यालय अभिभावक सङ्घ नेपालको नवनिर्वाचित समितिले उल्लेख्य योगदान पुर्याउन सकोस् भन्ने शुभेक्षा प्रकट गरियो ।
निर्वाचन समितिका संयोजक नवराज काफ्लेद्वारा नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराउँदै प्रमाणपत्र वितरण गरिएको कार्यक्रम अध्यक्षद्वारा सम्पूर्ण सहभागीलाई धन्यवाद ज्ञापनसहित समापन गरियो ।
अधिवेशन समापनपछि तत्कालै नवगठित समितिको पहिलो बैठक बसी अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा निम्न ७ सदस्यीय सचिवालयसमेत गठन गरियो
१. संयोजक- राम प्रसाद न्यौपाने (अध्यक्ष)
२. सदस्य- रघुनाथ महर्जन (सहअध्यक्ष एवम् बागमती प्रदेश सभासद)
३. सदस्य- डा. सीता सुवेदी (महिला उपाध्यक्ष)
४. रमेश पौडेल (उपाध्यक्ष एवम् अधिवक्ता)
५. बदीप्रसाद तिवारी (महासचिव एवम् वरिष्ठ पत्रकार)
६. महेश चालिसे (उपमहासचिव)
७. कपिल बनेपाली (कोषाध्यक्ष)
प्रतिकृया दिनुहोस्