February 18, 2026, Wednesday
२०८२ फाल्गुन ६, बुधबार

भ्रष्टहरू !

खेलौनाझैँ वारिपारि कुरामा रुमल्लिएका छन्
आज एक भोलि अनेक गर्दै जीवन बाँचेका छन्
जनताकै भोट मागी जनतालाई नै लुटेका ती नेताहरू
जनताबाट दशगज टाढा रही बगाउँछन् कुराका भेलहरू ।

मथिङ्‌गलमा एउटै प्रश्न जब दौडिएर आउँछ
राष्ट्रप्रेमको भाव तब नसा-नसामा छाउँछ
सपनाको संसारभित्र कल्पनाको नेपाल थियो
तर, उनैका कुकर्मले सपना बिन्दुमै हरायो !!

प्राणभन्दा प्रिय देशमा आज कुनै स्रोत छैन
विकासोन्मुख देश बनाउने अब कुनै अभिलाषा छैन
चिनारी पनि आज लुटपिट गर्ने नेताकै भयो

सारा नेपाली अटाउने.यो मुटु पनि तिनकै भयो ।

लरबराउँदै, अबोधझैँ ‘देश ! देश !’ भनिरहेँ
सदैव देशको माटोलाई पूजा गरी बसिरहेँ
केबल म एक नागरिक राष्ट्रको सार्वभौम बचाउन
केबल म एक कोपिला राष्ट्र गौरव बढाउन
लड्दै, उठ्दै, फुल्दै, फल्दै पाइला अघि बढाइरहने छु ।