October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

नचिनेको मान्छे

बाहिर कोही आएछ
ढोका खोल्न लाएछ
कोठाभित्र पसेर
सामान लुटी लगेछ ।

घरमा कोही नभाको
मौका उसले छोपेछ
बालबच्चा घरमा
छैन कोही भरमा ।

बाबाआमा घरमा
फर्की आए साँझमा
बालबच्चा विचरा
टिल्पिल आँसु आँखामा ।

फकाई फुल्याई बाबाले
सोध्नुभयो सानुलाई
नचिनेको मान्छे आई
रित्तो पार्‍यो घरलाई ।

भयो अब नडराऊ
जे हुनुथ्यो भैसक्यो
नचिनेको मान्छेलाई
ढोका खोल्न हुन्नथ्यो ।