March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

मेरो प्यारो गाउँ

आशा बस्नेत
कक्षा : पाँच
श्री मनोहरा आधारभूत विद्यालय

कता कता याद आयो जन्मिएको ठाउँ
जाजरकोट जिल्ला मेरो बारेकोटमैना गाउँ
हरियाली डाँडाकाँडा कस्तो राम्रो ठाउँ
बारेकोटकै सुन्दर बस्ती मेरो मैना गाउँ ।

अझैसम्म छैन होला बिजुली गएको
टाढा थियो अस्पताल गाउँमा नभएको
धामीहरूको विश्वास गर्छन् अस्पताल छैन
अझसम्म मेरो गाउँ विकास भाको छैन ।

मकैको रोटी र सिस्नु खानु पर्ने
बिहानै उठेर घट्ट जानु पर्ने
अरूको गाउँभन्दा दुर्गम मेरो गाउँ
गाडीहरू गुड्ने कहिले बन्छ मेरो गाउँ ।

बिरामी पर्दा मानिसहरू सहरतिर आउँछन्
मेरा गाउँका मानिसले कहिले सुविधा पाउँछन् ?
राम्रोसँग पढ्छु लेख्छु राम्रो काम गर्छु
पछि मेरो गाउँको विकास म आफैँले गर्छु ।