मेरा प्यारा गुरु

कविता बस्नेत
कक्षा : ५
श्री मनोहरा आधरभूत विद्यालय
गुरुबाट शिक्षा लिन्छु म त खुरुखुरु
आमाबुबा जस्तै भेटेँ मेरा प्यारा गुरु
गुरुहरूले भनेको सबै कुरा मान्छु
पछि ठुलो भएर देशको कर्णधार बन्छु ।
मन्दिर जस्तै लाग्छ मलाई मेरो विद्यालय
धेरै राम्रो पढेर म छुन्छु हिमालय
साथी सँगै मिलेर पढ्ने लेख्ने गर्छु
गुरुहरूलाई सधैँ म सम्मान आदर गर्छु ।
साथीसँग मिलिजुली पढ्ने रहर भयो
गुरुहरूले पढाएको सबै याद रह्यो
शिक्षकबाट सिक्छु म राम्रा राम्रा कुरा
त्यही कुरालाई व्यवहारमा उतारौंला पूरा ।
गुरुहरूले भनेको सबै मान्नुपर्छ
कक्षाकोठामा ज्ञानी भएर बस्नुपर्छ
विद्यालयलाई मन्दिर जस्तै ठान्नुपर्छ
गुरुहरूले भनेको सबै मान्नु पर्छ।

लेखकको सम्वन्धमा