बुबाको तस्बिर

अनुपमा सापकोटा
कक्षा : ९
लालीगुराँस माध्यामिक विद्यालय
बाडे गाउँ ललिपुर
ससाना हत्केला समाई कपुरी ‘क’ लेखायौ तिमीले
ससाना गोडा टेकाई तातेताते गर्न सिकायौ तिमीले
मध्यरातको अँधेरीमा एक्कासि निद्रा खलबलिँदा
आशावरीसँग मिठा सपना देखायौ तिमीले ।
‘फेरि फेरि’ भन्दा थकाई भुली घोडा बनिदिने तिमी
‘अर्को अर्को’ भन्दा गलै सुकाई गीत गाइदिने तिमी
बिनाकारण रोइदिँदा व्यस्ततामा समेत फकायौ तिमीले
दिनभरको थकानपछि पारिवारिक भार थपिँदा पनि
परिलोकको कथा सुनायौ तिमीले ।
गर्नु गाली गर्यौ, मन दुखायौ,रुवायौ अनि
फेरि भक्कानिँदा छातीमै टाँसी फकायौ पनि
गलत बाटातिर लाग्दा सहीमा डोर्यायौ तिमीले
फिटिक्कै चित्त नबुझ्दा खै कसरी चित्त बुझायौ तिमीले ।
दुःख त दिएँ साह्रै जानअन्जानमा धेरै पटक
एक पटकलाई माफी होस्
भित्तामा टाँसिएको तस्विरझैँ बाबा
मुहारमा सधैँ हाँसो रहोस् ।
लेखकको सम्वन्धमा