December 4, 2024, Wednesday
२०८१ मंसिर १९, बुधबार

सरस्वती पूजा

पुष्पा बस्नेत
कक्षा : ७
श्री मनोहरा आधारभूत विद्यालय

माघ महिनामा पर्छ वसन्त पञ्चिमी
यसै दिन गरिन्छ सरस्वती माताको पूजा
सरस्वती माता विद्या र सङ्गीतकी देवी
मिलजुली गर्छौँ हामी उनकै पूजा
थरिथरि फूल खोजौँ मिठा मिठा फल
फलफूल चढाएर गरौँ भव्य पूजा
कलम, कागज, मसी किताब पुज्‍नुपर्छ
सरस्वती पूजा हाम्रो ठुलो पर्व
ज्ञान दिन्छिन्, कला दिन्छिन् पूजा गर्दा उनी
सबैलाई समान रूपमा सिप दिन्छिन् उनी 
ज्ञान भन्दा ठुलो छैन अरू कुनै तत्त्व
शिक्षा र ज्ञानले खुल्छ
जीवनको महत्व
सबैका घर घरमा
सरस्वतीको बास होस्
सबैलाई जीवन जिउने
खुसी अनि आस होस्
चोखो मनबाट हामी चोखो पूजा गरौँ
ज्ञान सिप सिक्दै हामी अधि अघि बढौँ
सरस्वती माताको गरौं आरधना
सबै सधैँ खुसी बन्ने मेरो शुभकामना !
मेरो शुभकामना !