January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार

मेरो साथी

आज तिम्रा र मेरा भावना 
कवितासँग बोली रहेछन् 
हृदय र मन धुन नसकेर 
कवितामा वाचन भइरहेछन् 
म तिम्रा अनि तिमी मेरा 
कवितामा डुबेर हेरौँ 
निथ्रुकै भिजिन्छ 
हाम्र यी परेलीहरू 
थाम्न सक्ने छैनौँ मनमा 
मेरा मनका कुराहरू
बग्दै छन् नदीसरि 
गन्तव्य हुन्छ हुन्न 
अघि सरिरहेछु साथी ।