April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

राष्ट्रिय झन्डा

सम्पदा नेपाल
कक्षाःसात
जनप्रेमी मा.वि. कौशलटार, भक्तपुर

सगरमाथा उच्च शिखर नेपालीको सान
चन्द्रसूर्य अङ्कित झन्डा नेपालीको सान ।
निलो रातो सेतो रङले बनेको छ झन्डा
गौरवबोध हुन्छ हामलाई हेरी हाम्रो झन्डा ।
नेपालीको सान छ बढाएको यसले
इतिहासको गौरवलाई बढाएको यसले ।
नेपालको सानलाई झुक्न दिनुहुन्न
नेपालको गौरवलाई रोक्न दिनुहुन्न ।
नेपालको सान झन्डा शिरमाथि माथि
बनाएर अब हामले पुग्नुपर्छ माथि ।