मानव अधिकार
निरुता रावत
कक्षा : सता
श्री मनोहरा आधारभूत विद्यालय
मानिसको आधारभूत मानव अधिकार
सबैले समानता र समान ज्याला पाउने सरोकार
सबैलाई समान व्यवहार
विश्वभरि छ मानव अधिकार
मानव अधिकार विश्वभरि कानुन सरह मानिन्छ
मानिसले
समान रूपमा पाउने
अधिकारलाई मानव अधिकार भनिन्छ
जात, धन र लिङ्गका नाममा भए धेरै हेला
अब आयो मानव अधिकार खोज्ने बेला
राज्य र समाजले सबैप्रति समान व्यवहार गर्नुपर्छ
पछि परेकाहरू अधिकार लिएर अघि बढनुपर्छ
सबै मानिसले समान अधिकार पाउनुपर्छ
अनि मात्र सबैतिर शान्ति छाउँछ
सबै जना एक जुट हुनुपर्छ
अनि नहोला कहीँ कतै पिटमार
न त होला कतै जितहार
कसैले कसैलाई नगरुन् व्यवहार नराम्रो
सबैले सबैतिर देखुन् राम्रैराम्रो
तब पो बन्छ हाम्रो समाज राम्रो
देश राम्रो
र, सिङ्गो विश्व राम्रो ।
लेखकको सम्वन्धमा