March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

बालअधिकार र कर्तव्य

निरुता रावत
कक्षा :७
मनोहरा आधारभूत विद्यालयबाल

बालबालिकाले अधिकारसँग कर्तव्य पनि पालना गर्नुपर्छ
पढ़ीलेखी सधैँ अधि बढ्नुपर्छ
साना बालबालिका हुन्छन् अबोध
यिनै बालबालिकाको हुन्छ अधिकार हनन्
सबैलाई चाहिन्छ यथार्थमा बालअधिकार
उचित शिक्षा र मिठो खाना सबै बालबालिकाको सरोकार
बालबालिकाहरू अधिकार चाहियो भन्दै माग्छन्
आफनो अधिकार पाउन र्‍याली गर्दै जाग्छन्
पढ्न पाउनु बालबालिकाको अधिकार हो
राम्ररी पढ्नु उनीहरूको कर्तव्य हो
बालबालिका चाहान्छन् बालअधिकार हाम्रै साथमा
हाम्रो देश भरपर्छ बालबालिकाकै हातमा
कुनै बालबालिका हुन्छन् आफ्नै परिवारबाट हेला
अब बालबालिकाको अब आयो आफ्नो अधिकार माग्ने बेला
खाना खान पाउनु बालबालिकाको अधिकार हो
खाना खेरा नफाली खानु उनीहरूको कर्तव्य हो
आफ्नो अधिकार प्राप्त गर्न सुन्छन् ठुलाका कुरा
बालबालिका जानी नजानी गर्छन् भुल
बालबालिकाको बाल अधिकार हो भुल
सबै बालबालिका मिली बन्छन् समृद्धिको फूल ।