मेरो त्याग
राजा बाबु रन्जन यादव
प्रसादी एकेडेमी
त्यागिसकेको छु त्यो घर
जहाँ जन्मिएँ र हुर्किएँ म
बिर्सिसकेको छु बाआमालाई
पूरा गर्न आफ्ना सपनाहरू
अरू पनि धेरै धेरै त्यागिसकेँ
तर तिमीलाई त्याग्नै सकिनँ मैले
कसलाई सुनाऊँ मनका पीडा
मेरा पीडा सुन्ने को नै छ र ?
सुनेको मात्र थिएँ
केही पाउन केही त्यागनुपर्छ भनेर
तर आज बल्ल थाहा पाएँ
त्याग्न कति पीडा हुन्छ भनेर
तिम्रो खुसीमा
मेरो आफ्नो खुसी पाउँला
यसरी नै म आफ्नो
जिन्दगी बिताउँला
कसलाई भनूँ यो संसारको रीत
जसलाई माया गर्छु ऊ नै टाढा भइदिन्छ
हाँस्दै बस सधैं यसरी नै
तिम्रो हाँसो हेरेर म बाँचिरहेको छु ।
लेखकको सम्वन्धमा