सामुदायिक विद्यालयको भव्य खाना महोत्सव
२९, पुस, झरना सञ्चार ।
मोरङ जिल्लाको मिक्लाजुङ गाउँ पालिका वडा नं. ७ मधुमल्लास्थित पालिकाकै जेठो सामुदायिक विद्यालय श्री भगवती माविले बृहत् साङ्गीतिक र सांस्कृतिक कार्यक्रमसहित ‘चौथो भगवती खाना महोत्सव-२०७९’ भव्य रूपमा आयोजना गरी सम्पन्न गरेको छ ।
कार्यक्रममा यसै विद्यालयको नेपाली माध्यमतर्फ कक्षा ५ सम्म अध्ययनरत एक सय पचासभन्दा बढी विद्यार्थीलाई मिक्लाजुङ निवासी समाजसेवी शङ्कर बजगाई तथा उहाँकी धर्मपत्नीद्वारा स्विटर वितरण गरियो । त्यसै गरी G11 INTERTENMENT र जनसेवा मेडिकलबाट केही थान डस्टविनहरू सहयोगस्वरूप विद्यालयलाई प्रदान गरियो ।
कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबी राई, प्रमुख प्रशासकीय अधिकृत होमप्रसाद पौडेल, शिक्षाशाखा प्रमुख काशीनाथ खनाल, प्राविधिक शाखा प्रमुख हसरत अली नेपाल, योजना शाखा अधिकृत दीपक रोका, स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोखरेल, वडा नम्बर ७ र ९ का वडाध्यक्षहरू सुशीलराज चौहान र सेमन्त दाहाल, पालिका र वडा कार्यालयका कर्मचारीहरूसमेत उपस्थित भई विद्यालय, शिक्षक र विद्यार्थीलाई हौसला प्रदान गरियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोजकुमार सुवेदी तथा सदस्यहरू, प्रअ प्रेमप्रकाश कोइराला, सहायक प्रअ देवीप्रसाद गौतमलगायत सम्पूर्ण शिक्षक कर्मचारी, विद्यालयका पूर्व प्रअ विजयकुमार गुप्ता, पूर्व विव्यस, शिअसं, शिक्षक, विद्यार्थी, अभिभावक, शुभचिन्तक, विभिन्न सङ्घसंस्थाका प्रमुख, छिमेकी विद्यालय मनोहर जनता माविका प्रअ गोविन्द भण्डारी, कालिका सामुदायिक माविका प्रअ मातृकाप्रसाद न्यौपाने आदिको उपस्थिति रहेको यस कार्यक्रमलाई अङ्ग्रेजी माध्यम संयोजक सायरा बानू राईले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रमलाई सभ्य र भव्य बनाउन छिमेकी विद्यालयहरू बक्राहा मावि, कालिका सामुदायिक मावि, निर्मल सिद्धार्थ अङ्ग्रेजी माविले मौलिक संस्कृति झल्काउने गीतमा नृत्यसहित विद्यार्थी सहभागी गराएका थिए भने रिलायन्स अङ्ग्रेजी माविले शिक्षकको नेतृत्वमा विद्यार्थीहरू सहभागी गराएको थियो।
विद्यालयले वि.सं .२०७४ सालबाट आयोजना सुरू गरेको यस किसिमको कार्यक्रमलाई कोभिड १९ का कारण निरन्तरता दिन सकिएको थिएन। खाना महोत्सवको प्रस्तुत कार्यक्रम मोरङ जिल्लामै सामुदायिक विद्यालयले पहिलो पटक आयोजना सुरू गरेको पाइन्छ।
प्रतिकृया दिनुहोस्