September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार

बाध्यता

त्रिलोक यादव
प्रसादी एकेडेमी 

मेरो बाध्यताले माया गुमाएँ
मायाले मेरो बाध्यता बढायो

के आशा गर्छौ
हरेस खाइसकेको जिन्दगीसँग
थाकेको मन
अनि बाध्यताबाहेक केही छैन बाँकी
बाध्यताले चाहना र बहाना घट्दोरहेछ

म परिवर्तन भएकै होइन
समय परिवर्तन हुँदा
बाध्यताको बोझले थिचेको हो
अब म मायाको उपन्यास हैन
सङ्घर्षको कथा लेख्दै छु

मेरो बाध्यताले
मेरा सपना र रहरहरू पूरा नहोलान्
तर तिम्रा कुनै चाहना अधुरा नरहलान्

बाध्यताले नै जिम्मेवारी समाएका
यी मेरा हातले तिम्रो हात छोड्ला
त्यो पल तिमी कसेर मेरो हात समातिराख्नू
अँगालोभरि मायाले बाँधिराख्नू
तर,
तिमीले मसँग गरेको अपेक्षा मबाट पूरा नहोला
किनभने म बाध्यतामा बाँधिएको छु।