May 31, 2023, Wednesday
२०८० जेष्ठ १७, बुधबार

सम्झिरहन्छु

म बिन्दु तिमी सिन्धु
सिन्धुमा हराएको पल
सम्झिरहन्छु झलझल ।

म माछो तिमी सागर
सागरमा पौडिएको पल
सम्झिरहन्छु झलझल ।

म तारा तिमी आकाश
आकाशमा चम्किएको पल
सम्झिरहन्छु झलझल ।

म क्षुधा तिमी अमृत
अमृत पिलाएको पल
सम्झिरहन्छु झलझल ।

म सन्तान तिमी आमा
आमा बनेको पल
सम्झिरहन्छु झलझल ।