January 18, 2026, Sunday
२०८२ माघ ५, सोमबार

मन खुसी भए नि मन दुखे नि…

यो मन खुसी भए नि मन दु:खे नि हाँसेकै छु
तिमीलाई दिलभित्रबाट सम्झना गरेकै छु ।

तिमीलाई खुसी राख्‍न मैले दु:ख गरेको छु
सयौँ जुनी सँगै बाँच्‍ने बाचा तिमीसँग गरेको छु
माया लाग्छ मनमा मनले के के बोल्छ
याद तिम्रो आउँदा दिल जलेर खरानी हुन्छ ।

सयौँ जुनी साथमा रहने बाचा कसम खाएको छु
यो मन खुसी भए नि मन दुखे नि हाँसेकै छु ।