February 10, 2026, Tuesday
२०८२ माघ २७, मंगलवार

सयौँ जुनीसम्म…

सयौँ जुनीसम्म साथ रहिरहन्छ भन्ने सोचेको छु
मेरी मायालुले दिने मायाका बारेमा सोचेको छु
आउँछ होला दिन त्यो प्रभातका सुनौला किरण बोकी
हृदयमा गढेको गीत बोलूँ-बोलूँ सुसेली ।

यो मनको चाहनामा बसेकी रहिछ्यौ
मङ्सिरमा बिहे गर्न भेटेकी रहिछ्यौ
के के भयो जिन्दगीको निर्णय त लिनुपर्‍यो
घुमेर आएँ रात पर्‍यो बास त बस्नै पर्‍यो ।

वनपाखामा फूल फुले मन रमाउँछ
खुसीको आँसु झार्दै पाइला सार्न सकिन्छ
तिम्रा साथमा रमाउला यो संसारमा
मनभित्र गएर बस्यौ के छ तिम्रो मुस्कानमा ।

कहाँ पुग्छ कता दौडन्छ यो मेरो मन
रोकिन्छ कि तिमी आएपछि हृदयको कम्पन्न ।