February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

नभेट्लान्

त्रिलोक यादव
प्रसादी एकेडेमी

मभन्दा राम्रो भेट्लान्
म जस्तो नि भेट्लान्
सबै भेट्लान तर मलाई नभेट्लान्

हजारौँ भिडमा लाखौं भेट्लान्
तर मेरो माया नभेट्लान्
खोज्दै जाँदा ढुङ‍्‍गामा देउता भेट्लान्
तर मेरो छाया नभेट्लान्

प्रार्थना गरे सारा संसार भेट्लान्
हरेक चाहना भेट्लान्
समुद्रमा मोती भेट्लान्
मेरा आँसु नभेट्लन्

दुःखमा पनि खुसी भेट्लान्
आकाशका तारा भेट्लान्
पूर्णिमाको जून भेट्लान्
मेरो हात नभेटलान्
तर साथ नभेट्लान् 
मेरो मुटु भट्लान्
तर धड्कन नभेट्लान्
हरेकले आआफ्ना धड्कनमा
मेरो नाम भेट्लान्
तर, मलाई नभेट्लान् ।