March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

नयाँ वर्ष

राजा बाबु रन्जन यादव
प्रसादी एकेडेमी

साट्ने छु नयाँ खुसी
बिर्सिने छु पुराना दुख
बितेकमा वर्षमा गुमाएको छु मैले तिमीलाई
तर आउने वर्षमा पक्कै महसुस हुने छ तिमीलाई
दिने छु मौका आफ्ना गल्ती महसुस गर्नलाई
तिम्रो मन परिवर्तन होला भन्ने आशामा बसेको छु अझ पनि

सोचेको पनि थिएनँ
देख्छु फेरि पनि तिमीलाई सपनीमा
मान्दैन यो मुटु तिमीलाई बिर्सन यो जिन्दगीमा
मलाई देख्दा बोलाउने प्रयास गर भन्ने आशा छ मेरो
तिम्रो मन रोए पनि मनलाई मनाउने प्रयास गर्ने आशा छ मेरो
पक्कै भन्ने छौ एकदिन कि ‘मुटुले याद गर्दै छ’
तर मेरो मुटुले भन्ने छ ‘कस्तो मजाक गरेको तिमीले’
दुख बुझेको छैन तिमीले बितेको वर्षमा
कसरी मनाएँ यस मनलाई
फेरि बोल्न तिमीसँग नयाँ वर्षमा
धेरै कठिन भएको छ यो मनलाई बिर्सन तिमीलाई
अब कसरी मनाऊँ यो मनलाई तिमीलाई आफ्नो बनाउन
यो मधुर वर्षमा गजबको माया देखायौ तिमीले
मलाई बर्बाद गर्न मायाको साहारा लियौ तिमीले
दुःखी छु तर तिमीबाट रिसाएको छैन
तिम्रो मनमा छु तर तिमी नजिक आएको छैन
हुन त सबै कुरा छ मसँग तर तिमी जतिको खास हैन
सुन्दै छु, तिमी अरूको खास बन्दा
तिम्रो खाेसको सूचीबाट हटिसकेको छु म
अन्तत बिर्सन सकूँ तिमीलसई
कैयौँ तिता यादहरूलाई
म बनाउन सकूँ खास
सधैँभरिलाई
जुनीभरिलाई
यही नयाँ वर्षलाई
नयाँ वर्ष दुई हजार तेइसलाई ।