रहर
त्रिलोक यादव
प्रसादी एकेडेमी
सहरमा बसेर दिनरात
पढिरहने सन्तानलाई
पढाइखर्च जुटाउन
मिहिनेत गरिरहने अभिभाकलाई
देवताझैँ ठानेर
प्रार्थना गरिरहन्छु
मिहिनेत गरिरहन्छु
सफल हुने आशा बोकेर
थाहा छ मलाई पनि
मेरा बाआमालाई कति दुःख छ भनेर
मेरै लागि
बगाएका आँसु र पसिनाका धारा
कहाँ सक्छु र बिर्सन
अब पिर नगर्नुस्
केही समयको प्रतीक्षा मिठो हुन सक्छ
ओठभरि खुसी बोकी
फर्कने छु
मेरा प्यारा बाआमा
तपाईँहरूका मुहारमा खुसी छर्न
तपाईँहरूकै आशीर्वादमा बाँचेको छु
खुसी साँचेको छु
रमेको छु र हाँसेको छु
मेरा बाआमालाई मनका मन्दिरमा
देवताझैँ राखेको छु
खराब समय आउन सक्छ
आँखामा आँसु आउन सक्छ
मनमा पीडा थपिन सक्छ
कहिलेकहीँ त लाग्छ-
छोडिदेऊँ यो सहर पनि
आफ्नै घर पनि
अलि अलि भएका रहर पनि
तर क्षितिजपारि देख्छु
आशाका मधुरा किरणहरू
त्यही आशा र बाआमाको आशीर्वद
काफी छ मलाई जीवनमा सङ्घर्ष गर्न
रहरैरहरको थुप्रो छ
सबै रहर त पूरा नहोलान्
तर, बाआमा !
तपाईँहरूलाई खुसी देख्ने एउटै रहार पूरा गरूँ
र, लाग्दै छ
मेरो सफलता नै तपाईँहरूको खुसीको आधार हो
मलाई सफल देख्ने रहर
तपाईँहरूले पनि साँचिरहनुभएको छ
किनकि म तपाईँहरूको सन्तान हुँ
त्यसैले त
बाआमा
तपाईँहरूको रहर पूरा गर्ने
हिजोआज मेरो एउटै रहर छ ।
लेखकको सम्वन्धमा