March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

यो मेरो मन हो…

यो मेरो मन हो के के गर्छ
निद्रामा पनि उनको नाम लिने गर्छ ।

उनको मुहारमा हेरिरहन मन लाग्छ
एक पल्टको मुस्कानले मनलाई फसाउँछ
तिम्रो त्यो हिँडाइ, त्यो रूप मनमा के के भयो   
निदाउन खोज्छु म, निद्रा हरायो  ।

यो मेरो मन हो के के गर्छ
निद्रामा पनि उनको नाम लिने गर्छ ।

यो मनले तिमीलाई मात्र सम्झन्छु
दिलभित्र तिम्रो तस्बिर राखेको हुन्छु
मलाई भेट्न तिमी यहाँसम्म आऊ है
रिसाउने स्वभावले मेरो मनमा बसेकी छौ है ।

यो मेरो मन हो के के गर्छ
निद्रामा पनि उनको नाम लिने गर्छ ।